भर्खरै : Sorry, your browser does not support inline SVG.
बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके भविष्य उज्ज्वल हुनेः सांसद सुवाल | युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) अष्ट्रेलियाको राज्य सरकारद्वारा सम्मानित हुँने पहिलो नेपाली बने | कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा | अर्को सूचना नभएसम्म थप बन्धकहरूलाई मुक्त नगर्ने हमासको निर्णय, इजरायलको हमासलाई चेतावनी | गण्डकी सरकारको उक्तम कार्य, क्यान्सर उपचारमा सहायता कार्यक्रमबाट सात सय ३३ जनाला भान्वित | नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगिलाई पठायो लाइन काट्न पत्र | ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने सरकारको चेतावनी | १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमती |

लिखित जवाफ पठाउन सिडिओलाई गृहको कडा निर्देशन

लिखित जवाफ पठाउन सिडिओलाई गृहको कडा निर्देशन image

काठमाडौं । गृह मन्त्रालयले जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठलाई लिखित जवाफ दिन निर्देशन दिएको छ । महिनावारी हुँदा विद्यालयले आँगनमै कक्षा लिनुको कारण के हो ? किन बाहिर बलालेर कक्षा संचालन गरेको भन्दै गृहले फोन गरेर लिखित जवाफ मागेको हो।

तातोपानी गाउँपालिका–८ बारागाउँको जनजागृति आधारभूत विद्यालयका छात्राले ‘देउता रिसाउने र विद्या पनि हराउने डरले महिनावारी हुँदा विद्यालयको आँगनबाट भित्र नजाने गरेको’ समाचार बाहिरिएपछि सबैको ध्यान गएको छ । सो समाचारका विषयमा बुझेर गृहमन्त्रालयले प्रजिअ श्रेष्ठलाई फोन गरेको थियो ।

गृहको फोन पछि प्रजिअ श्रेष्ठले विद्यालयका प्रधानाध्यापक अमर रावतलाई फोन गरी जवाफ समेत मागिसकेका छन् । यता विद्यालयका प्रधानाध्यापक अमर रावतले सामाजिक कुसंस्कार र आस्थाका कारण छात्रा आफैँ कक्षाकोठाभित्र जान डराउने गरेको बताएका छन् । विद्यालयभित्र पुराना मन्दिर रहेकोले छात्राहरू जान नमानेको उनको तर्क छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda