भर्खरै : Sorry, your browser does not support inline SVG.

विदेशबाट फर्कन चाहनेलाई ल्याउन बजेट विनियोजन : अर्थमन्त्री

विदेशबाट फर्कन चाहनेलाई ल्याउन बजेट विनियोजन : अर्थमन्त्री

१५ जेठ २०७७, काठमाडौं । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेकालाई स्वदेश ल्याउन बजेट विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।

विदेशबाट आउनेलाई सीप प्रदान गर्ने घोषणा गर्दै सरकारले आगामी आर्थिक वर्ष ०७७र७८को बजेट प्रस्तुत गरेका छन् । विदेशबाट फर्कन चाहेकाहरुलाई ल्याउन बजेट छुट्याइएको भन्दै कोरोना महामारीका कारण रोजगारी गुमाएका लाई विशेष जोड दिइने बताएका छन् ।

अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रकम विनियोजन गरिएको जानकारी दिए । यो कार्यक्रमबाट २ लाखलाई रोजगारी दिने लक्ष्य राखिएको छ ।

साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य पनि सरकारले लिएको छ । त्यस्तै ७५ हजार सीपमूलक तालिम दिनका लागि ४ अर्ब ३४ करोड बजेट पनि विनियोजन भएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.