भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विमानस्थलको सरसफाइमा विशेष ध्यान दिनुस्ः मन्त्री आले

विमानस्थलको सरसफाइमा विशेष ध्यान दिनुस्ः मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विमानस्थलको फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका छन् । आइतबार आन्तरिक टर्मिनलको नयाँ भवनको शिलान्यास गर्दै विमानस्थलको सरसफाइमा विशेष ध्यान दिन निर्देशनसंगै सम्पूूर्ण यात्रुहरुलाई पनि सरसफाइमा सगाउन अनुरोध गरेका हुन् ।

सरसफाइले नै मानिसको पहिचान भिन्न हुने भएकाले विश्व समुदायलाई फोहोररहित नेपाल भनेर चिनाउँन हामी सबैले सोच्नुपर्ने उनको तर्क छ । यात्रीहरुले विमानस्थलमा रहदा पान खाएर जथाभावि पिचिक्क थुक्ने, पराखलगायतका कुनै पनि चिजका खोलहरु फाल्नेलगायतका कामहरु नगरी सभ्य नागरिकको परिचय दिलाउँन सबैमा आग्रह गरे ।

त्यस्तै मन्त्री आलेले पछिल्लो समयमा आन्तरिक हवाई यात्रुको चाप बढेको उल्लेख गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको टर्मिनल भवन बनाउन लागेको जानकारी दिए । करिव ५ करोडको लगानीमा निर्माण हुने सुुविधा सम्पन्न आन्तरिक टर्मिनल भवन एक वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको बताए । मन्त्री आलेले भवन निर्माणको काम समय अगावै सक्न भवन निर्माणको जिम्मा पाएको ब्राइट मल्टी कन्स्ट्रक्शनसँग आग्रहसमेत गरे ।
उनले भने, ‘‘कम्तिमा पनि प्यासेन्जर आउँदा आधा घण्टा उभिने अवस्था नआओस् । ५ मिनेटमै आफ्नो लगेज लिएर घरजाने व्यवस्था होस् । हामी यसको तयारीमा छौं । यो भवन समय सकिनुभन्दा अगावै काम सम्पन्न गर्नुस् ।’’

प्रस्तावित उक्त भवनमा ६० वर्ष उमेरसमूहमाथिका मानिसलाई बस्न कुर्सीको व्यवस्था, यात्रुहरुलाई बस्नेको व्यवस्था, शौचालयको व्यवस्था हुनेछ ।

कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले निकट भविष्यमा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने जानकारी दिए । अहिले सञ्चालनमा रहेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन धेरै पुरानो भएकोले अर्को टर्मिनल भवनको खरिदप्रक्रिया शुरु गरिने बताए ।

त्यस्तै विमानस्थलमा हेलिकप्टर कम्पनीहरुलाई उडान अवतरण गर्दा परेको कठिनाइलाई मध्यनजर गरेर नलिनचोकमा करिव ३२ रोपनी जग्गामा हेलिप्याड निर्माणको लागि बोलपत्र आह्वान गरेको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.