दैलेख । परिक्षा शुल्क भन्दै विद्यार्थीबाट उठाईएको रकम तुरुन्त फिर्ता गर्न अखिल क्रान्तिकारी दैलेखले विद्यालयलाई आग्रह गरेको छ । विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले शैक्षिक सस्थामा भएको शुल्क वृद्धि विरुद्ध कडा चेतावनी दिदै एक विज्ञप्ती निकालेर विद्यालयलाई यस्तो चेतावनी दिएको हो ।
शैक्षिक माफियाका विरुद्धमा निरन्तर संघर्ष गर्दै आएको भन्दै सो संगठनले यस प्रकारको शुल्क वृद्धिले शिक्षामा आम जनताको पहुँच नपुग्ने बताएको छ । शैक्षिक क्षेत्रमा मौलाउदै गएको व्यापारीकरण र नीजिकरणले माफियालाई नै मलजल गरिरहेको प्रति खेद प्रकट गर्दै अखिल क्रान्तिकारीले नागरिकको मौलिक हक र पहँुचसंग प्रत्यक्ष सम्वन्ध राख्ने शुल्क वृद्धिले शिक्षा कुलीन वर्गको हातमा मात्र निहित रहने बताएको छ ।
यस्ता प्रवृति विरुद्ध सशक्त रुपमा प्रतिवाद गर्दै शुल्कका नाममा उठाइरहेको शुल्कलाई तुरुन्त बन्द गर्ने र उठाएको शुल्क फिर्ता नगरे शैक्षिक आन्दोलनका साथै हड्ताल गर्ने सो संगठनले विज्ञप्तीमार्फत चेतावनी दिएको छ ।
प्रेस विज्ञप्ती
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...