भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

सांसदले दिएको सुझाव सम्बोधन हुन्छ–प्रधानमन्त्री? (LIVE)

सांसदले दिएको सुझाव सम्बोधन हुन्छ–प्रधानमन्त्री? (LIVE)

६ जेठ २०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदले उठाएको जिज्ञासा र सुझावलाई आवश्यकता अनुसार सम्बोधन गर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्रीले भने, ‘नीति तथा कार्यक्रमको छलफलका क्रममा माननीय सांसदहरुले उठाएका कुरा र जिज्ञासाले मेरो गम्भीर ध्यानाकषर्णण् भएको छ ।

यी विषयलाई आगामी बजेट तथा अन्य कार्यक्रममा समावेश गरिने छ ।’ प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको प्रयास कोरोनाका कारणले वा कोरोना संक्रमितको अबस्थामा ज्यान गुमाउन नपरोस् भन्ने रहेको दाबी गरेका छन् ।

नेपालमा कोरोनाका कारण दुईजनाको निधन भएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले मृत्यु भएका दुबैजनामा कोरोनाबाहेक अरु कारण समेत रहेको दाबी गरे । उनले विश्व स्वास्थ्य संगठनको प्रावधानअनुसार कोरोना लागेका कसैको अन्य कारणले निधन भएपनि कोरोनाकै कारण निधन भएको मानिने भएका कारण नेपालमा दुईजनाको ज्यान गएको दाबी गरे ।

प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन हेर्नुहोस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/588907825316268/

 

 


Thali Mobile Pvt.Ltd.