भर्खरै : Sorry, your browser does not support inline SVG.
बेलायतको आर्थिक वृद्धिदर एक प्रतिशतले मात्र बढ्ने अनुमान | नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम | यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह | भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक | उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पथप्रदर्शकको मृत्यु | विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको विवाद, वर्खास्त र नवनियुक्त दुबै निर्देशक पुगे अदालत | कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने | सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग |

साउदीमा चार नेपालीमा कोरोना सङ्क्रमण, थप सतर्कता अपनाउन आग्रह

साउदीमा चार नेपालीमा कोरोना सङ्क्रमण, थप सतर्कता अपनाउन आग्रह image

काठमाण्डौ । साउदी अरबमा चार जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट बच्न थप सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ । साउदीमा आइतबारसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय ८५ पुगेको छ ।

राजधानी रियादमा मात्र आइतबार ६६ जनामा सङ्क्रमण देखिएको जनाइएको छ । साउदी मन्त्रालयका अनुसार अहिलेसम्म सङ्क्रमितमध्ये चार सय ८८ जना निको भएका छन् । त्यस्तै आइतबार थप पाँच जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३४ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण हरेक दिन बढ्दो क्रममा रहेको र नेपाली नागरिकहरुमा पनि सङ्क्रमण देखिएकोले महामारीबाट बच्न सावधानी अपनाउन नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

कतिपय नेपालीले कोरोना भाइरसको सङ्क्रमण भइरहेको अवस्थामा पनि काम गरिरहनुपरेको गुनासो गरेका छन् । धेरै कम्पनीहरुले काम गराइहेको पाइएको छ । सुरक्षाका सबै उपायहरुलाई अनिवार्य रुपमा उपयोग गर्न र हेलचेक्र्याइँ नगर्न भन्दै सावधानी र सचेतनाका जानकारीहरु धेरैजनासम्म पुर्याएर एक अर्कालाई मद्दत गर्न राजदुतावासले आह्वान गरेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda