कञ्चनपुर । बागफाँटाका मुक्त हलियाले घर पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मुक्त हलिया पुर्नस्थापना कार्यक्रम अन्तर्गत निर्माण गरिएको नमुना वस्ती एक कार्यक्रमको आयोजनामा हस्तान्तरण गरिएको हो ।
एकीकृत वस्ती नै निर्माण गरेर हलिया वस्ती औपचारिक रुपमा सरकारले हस्तान्तरण गरेको यो पहिलो हो ।
हलियाको तथ्यांक संकलनका क्रममा केही हलिया छुट हुन गएको गुनासो आएपछि सरकारले त्यसलाई पुर्नपहिचान गरेको र अझैपनि छुट्न गएकालाई सम्बोधन गरिने बताईएको छ । राज्यले दिने सहुलियत दिँदा महिला र पुरुष दुवैको स्वामित्व स्थापित हुनेगरी दिइएको भन्दै सुकुम्बासी, हलिया सबैलाई संयुक्त लालपुर्जा दिइने घोषणा मन्त्रालयले गरेको छ ।
सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । तर लामो समयसम्म पुर्नस्थापना हुन सकेको थिएन । साविक सुदूरपश्चिम क्षेत्रका ९ जिल्ला र मध्यपश्चिम क्षेत्रका ३ जिल्लाका १८ हजार नौ सय ५३ हलिया परिवारको पुर्नस्थापना घोषणा गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैतडी, ९ जेठ । बैतडी जिल्लाको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान...
काठमाडौँ, ९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा...
भक्तपुर, जेष्ठ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुष्पखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ मा स्वीकृत योजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रम...
भक्तपुर, ८ जेष्ठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार, र हाडा छेँ पुनःनिर्माण स्थलहरूको स्थलगत निरीक्षण...