बैशाख ६, २०७७ शनिबार / उदयपुर । त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा रहेका १२ भारतीय कोरोना सङ्क्रमितहरु विराटनगरको जोगवनी नाका हँदै नेपाल प्रवेश गरेको खुलेको छ । ट्राभल हिस्ट्री अनुसार तिनीहरु विराटनगरको जोगबनी नाकाबाट नेपाल प्रवेश गरेको जिप्रका उदयपुरका प्रमुख एसपी वीर बहादुर बुढामगरले जानकारी दिए ।
ति भारतीयहरु यसअघि वीरगन्जमा भेटिएका सङ्क्रमितसँगै सुनसरी र सप्तरीका कार्यक्रममा सहभागी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘१२ जनाको सो समूहसँग मोरङका चार जना थपिएर उनीहरुसँगै मोरङ, सुनसरी र सप्तरीको बोदेबरसाइन, राजविराज, फत्तेपुर लगायतका ठाउँमा पुगेर शिक्षा दिँदै उदयपुर प्रवेश गरेको पाइएको छ’, एसपी बुढामगरले भने, ‘उनीहरुले फागुन २५ गते उदयपुर प्रवेश गरेको बताएका छन् ।’
गएको फागुन ३–५ गतेसम्म सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा भएको नेपाल इज्तिमा सहभागी भएका उनीहरु राजविराज हुँदै उदयपुर पुगेका थिए । उदयपुरका दुई मस्जिदमा पुगेका उनीहरु चौदण्डीगढी नगरपालिका ५ शिवाईको मस्जिद हुदै लकडाउनको समयमा त्रियुगा नगरपालिका ३ भुल्केका मस्जिदमा पुगेका थिए ।
मस्जिदमा कोरोना संक्रमित भेटिएपछि प्रहरीले सिल गरेको छ । थप कोरोना फैलिन नदिन आवश्यक अन्य स्वास्थ्य सुरक्षाका उपाय पनि अपनाएकाे प्रहरीकाे भनाइ छ । अहिले संक्रमित १२ जना र अन्य ४ गरि १६ जनालाई उपचारको लागि विराटनगर स्थित कोरोना अस्पतालको आइसोलेशनमा लगिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
उत्तराखण्ड, १ असार । भारतको उत्तराखण्डस्थित केदारनाथ धाम जाँदै गरेको हेलिकप्टर आइतबार बिहान दुर्घटनामा पर्दा चालक दलसहित सबै ७ जनाको मृत्यु भएको छ। आर्यन कम्पनीको उक्त हेलिकप्टर देहरादूनबाट केदारनाथतर्फ...
काठमाडौं, १ असार । लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह तीव्र रूपमा बढ्दै गएको छ। धनकुटाको मछुवाघाटअन्तर्गत कोशी नदी र सिन्धुलीको रानीचुरीअन्तर्गत कमला नदीमा पानीको...
काठमाडौं, १ असार । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा चट्याङ लागेर १८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रोल्पा, मकवानपुर, स्याङ्जा, प्यूठान,...
फिदिम, १ असार । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बारा सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय...