भर्खरै : Sorry, your browser does not support inline SVG.
गहुँको समर्थन मूल्य निर्धारण प्रस्ताव उद्योग मन्त्रालयमा, मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्ने | कम्बोडियाबाट २१ नेपालीको उद्धार, अनलाइन स्क्यामिङ केन्द्रबाट स्वदेश फिर्ता | आन्दोलनमा जलेका रातो मछिन्द्रनाथ रथका पाङ्ग्रा पुनः निर्माण सम्पन्न | समानुपातिक सांसद टुंगो र विधान संशोधनका लागि रास्वपा सचिवालय बैठक | दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो | अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान | प्राविधिक र वैज्ञानिक विधिबाट अनुसन्धान, पोलिग्राफीसहितको विज्ञ टोली सुर्खेत पुग्यो | डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवाद:आयोगमा चैत १ गते सुनुवाइ हुने |

भारतीय कोरोना सङ्क्रमितहरु विराटनगरको जोगवनी नाका हुँदै नेपाल प्रवेश गरेको खुल्याे

भारतीय कोरोना सङ्क्रमितहरु विराटनगरको जोगवनी नाका हुँदै नेपाल प्रवेश गरेको खुल्याे

बैशाख ६, २०७७ शनिबार / उदयपुर । त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा रहेका १२ भारतीय कोरोना सङ्क्रमितहरु विराटनगरको जोगवनी नाका हँदै नेपाल प्रवेश गरेको खुलेको छ । ट्राभल हिस्ट्री अनुसार तिनीहरु विराटनगरको जोगबनी नाकाबाट नेपाल प्रवेश गरेको जिप्रका उदयपुरका प्रमुख एसपी वीर बहादुर बुढामगरले जानकारी दिए ।

ति भारतीयहरु यसअघि वीरगन्जमा भेटिएका सङ्क्रमितसँगै सुनसरी र सप्तरीका कार्यक्रममा सहभागी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘१२ जनाको सो समूहसँग मोरङका चार जना थपिएर उनीहरुसँगै मोरङ, सुनसरी र सप्तरीको बोदेबरसाइन, राजविराज, फत्तेपुर लगायतका ठाउँमा पुगेर शिक्षा दिँदै उदयपुर प्रवेश गरेको पाइएको छ’, एसपी बुढामगरले भने, ‘उनीहरुले फागुन २५ गते उदयपुर प्रवेश गरेको बताएका छन् ।’

गएको फागुन ३–५ गतेसम्म सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा भएको नेपाल इज्तिमा सहभागी भएका उनीहरु राजविराज हुँदै उदयपुर पुगेका थिए । उदयपुरका दुई मस्जिदमा पुगेका उनीहरु चौदण्डीगढी नगरपालिका ५ शिवाईको मस्जिद हुदै लकडाउनको समयमा त्रियुगा नगरपालिका ३ भुल्केका मस्जिदमा पुगेका थिए ।

मस्जिदमा कोरोना संक्रमित भेटिएपछि प्रहरीले सिल गरेको छ । थप कोरोना फैलिन नदिन आवश्यक अन्य स्वास्थ्य सुरक्षाका उपाय पनि अपनाएकाे प्रहरीकाे भनाइ छ । अहिले संक्रमित १२ जना र अन्य ४ गरि १६ जनालाई उपचारको लागि विराटनगर स्थित कोरोना अस्पतालको आइसोलेशनमा लगिएको छ ।