भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

अधिकारका लागि थबाङलाइ लड्न सिकाउने बुढाको निधनले थबाङ शाेकमा

अधिकारका लागि थबाङलाइ लड्न सिकाउने बुढाको निधनले थबाङ शाेकमा

७ साउन २०७७ काठमाडौं । पूर्व सांसद बर्मन बुढा अर्थात थवाङलाइ अधिकारका लागि लड्न सिकाउने एक योद्दाको निधनले थवाङलाइ मर्माहित बनाएको छ । ९० वर्षको उमेरमा उपचारको क्रममा ललितपुरमा निधन भएपछि उनको जन्मभूमी रोल्पाको थबाङ शोकमा डुबेको हो । आज आफ्नो अभिभावक गुमाएपछि थबाङ अहिले पुरै शोकमा डुवेको छ । थबाङलाइ संसारमा चिनाउन उनको ठूलो योगदान रहेको थियो ।

थबाङ कम्युनिष्ट आन्दोलनको केन्द्रमा स्थापित हुन दिवंगत बुढाको देन नेपालि कम्युनिष्ट आन्दोलनमा रहेको छ । इतिहास भएर उभिएको थवाङको अर्को नाम हो बर्मन बुढा । रोल्पाको पहिलो कम्युनिस्ट सदस्य भएर काम गरेका बुढाले मोहनविक्रम सिंहको हातबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । पञ्चायतमा प्रधानपञ्च भएर काम गरेका बुढाले जनमत संग्रहको क्रममा बहुदलको पक्षमा थवाङलाइ उभ्याएका थिए ।

२०४८ सालमा तत्कालिन जनमोर्चाको तर्फबाट रोल्पा क्षेत्र नं। १ बाट सांसद बनेका बुढाको उपचारको क्रममा आज विहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा ९० वर्षको उमेरमा निधन भएको हो । बुढा वि।सं। १९८७ साउन १७ गते रोल्पाको थबाङमा जन्मिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.