भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

अधिकारका लागि थबाङलाइ लड्न सिकाउने बुढाको निधनले थबाङ शाेकमा

अधिकारका लागि थबाङलाइ लड्न सिकाउने बुढाको निधनले थबाङ शाेकमा

७ साउन २०७७ काठमाडौं । पूर्व सांसद बर्मन बुढा अर्थात थवाङलाइ अधिकारका लागि लड्न सिकाउने एक योद्दाको निधनले थवाङलाइ मर्माहित बनाएको छ । ९० वर्षको उमेरमा उपचारको क्रममा ललितपुरमा निधन भएपछि उनको जन्मभूमी रोल्पाको थबाङ शोकमा डुबेको हो । आज आफ्नो अभिभावक गुमाएपछि थबाङ अहिले पुरै शोकमा डुवेको छ । थबाङलाइ संसारमा चिनाउन उनको ठूलो योगदान रहेको थियो ।

थबाङ कम्युनिष्ट आन्दोलनको केन्द्रमा स्थापित हुन दिवंगत बुढाको देन नेपालि कम्युनिष्ट आन्दोलनमा रहेको छ । इतिहास भएर उभिएको थवाङको अर्को नाम हो बर्मन बुढा । रोल्पाको पहिलो कम्युनिस्ट सदस्य भएर काम गरेका बुढाले मोहनविक्रम सिंहको हातबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । पञ्चायतमा प्रधानपञ्च भएर काम गरेका बुढाले जनमत संग्रहको क्रममा बहुदलको पक्षमा थवाङलाइ उभ्याएका थिए ।

२०४८ सालमा तत्कालिन जनमोर्चाको तर्फबाट रोल्पा क्षेत्र नं। १ बाट सांसद बनेका बुढाको उपचारको क्रममा आज विहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा ९० वर्षको उमेरमा निधन भएको हो । बुढा वि।सं। १९८७ साउन १७ गते रोल्पाको थबाङमा जन्मिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.