भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

उद्योग बाणिज्य महासंघको ६४ सदस्यीय कार्यसमितिका लागि आज निर्वाचन हुँदै

उद्योग बाणिज्य महासंघको ६४ सदस्यीय कार्यसमितिका लागि आज निर्वाचन हुँदै

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । मंगलबारबाट सूरु महासंघको ५७औं साधारण सभाले महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुन लागेको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल संघको अध्यक्षमा विधानत स्वत निर्वाचित हुनेछन् भने रिक्त वरिष्ठ उपाध्यक्षलगायतका पदहरुमा निर्वाचन हुनेछ ।

महासंघको अव बन्ने नयाँ कार्यसमितिकाको वरिष्ठ उपाध्यक्ष पदका लागि अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र सांघाई प्रत्याशी देखिएका छन् । उनीहरु तीनै जनाले यस अघि नै वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका थिए । यसरी निर्वाचनबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वत अध्यक्षमा चयन हुनेछन् ।

महासंघको साधारण सभाले जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ । निर्वाचनले वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिवाट १९ जना र जिल्लावाट ७ जना सदस्य केन्द्रिय कार्यसमिति चयन गर्नेछ ।

यस साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.