भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

काठमाडौं उपत्यकासहित देशभरका शहर पुर्णरुपमा सुनसान

काठमाडौं उपत्यकासहित देशभरका शहर पुर्णरुपमा सुनसान

काठमाडौं, १३ चैत । लकडाउनको तेस्रो दिन आज पनि काठमाडौं उपत्यकासहित देशभरका शहर पुर्णरुपमा सुनसान छन् । सरकारको निर्देशनको पूर्णपालना गर्दै मानिसहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ हातेमालो गरिरहेका छन् ।

चैत ११ गतेदेखि १८ गतेसम्म देशभर लकडाउन गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सरकारले आग्रह गरेको छ छ । काठमाडौंका सडक तथा बजार क्षेत्र बिहीबार पनि सुनसान छन् । दैनिक उपभोग्यका पसलहरु भने बिहान फाट्टफुट्ट खुलेका छन् । तरकारी, दूध किन्नका लागि केही मानिसहरु पसलमा देखिन्छन् । उनीहरु पसलमा जाँदा पनि मास्क लगाएर गएको देखिन्छ ।

लकडाउनलाई कार्यान्वयन गराउन सुरक्षाकर्मीहरुलाई ठाउँठाउँमा खटाइएको छ । आफ्नो सुरक्षाका लागि उनीहरुले मास्क लगाएका छन् । कतिपय स्थानमा सुरक्षाकर्मीहरुले ठाउँठाउँमा माइकिङ गर्दै घरभित्रै बस्न अपिल गरिरहेका छन् ।

लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिई आवाश्यक कारबाही प्रकृया अगाडी बढाएको छ ।

शहरी क्षेत्रमा मात्र नभई गाउँका बासिन्दाले पनि लकडाउनमा साथ दिएका छन् । गाउँका मानिसहरु आफ्नो घर आँगमै सीमित छन् ।

 


Thali Mobile Pvt.Ltd.