भर्खरै : Sorry, your browser does not support inline SVG.

काेराेनाबाट संक्रमित हुनेकाे संख्या ८८६ पुग्याे (भिडियाे)

काेराेनाबाट संक्रमित हुनेकाे संख्या ८८६ पुग्याे (भिडियाे)

१४ जेष्ठ २०७७, काठमाडाैं । नेपालमा आज मात्रै ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यति धेरै संख्यामा संक्रमण देखिएको पहिलो पटक हो ।

देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएसंगै नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ ।

अहिलेसम्म कुल संक्रमितमध्ये नेपालमा ४ जनाको मृत्यु भईसकेको छ भने १८३ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् । म‌ंगलबार राती नारायणी कोभिड अस्थायी अस्पतालबाट २१, बुधबार कोशी अस्पतालबाट ४ र भेरीस्थित सुशिल कोइराला क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएपछि कोरोना संक्रमणबाट निको हुनेको संख्या १८३ पुगेको छ ।

भिडियाे हेर्नुहाेस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/2374233346203411/

Mohotsav


Thali Mobile Pvt.Ltd.