अमेरिकामा कोरोना विरुद्ध इबोलाकाे औषधि प्रयोग गर्न अनुमति

अमेरिकामा कोरोना विरुद्ध इबोलाकाे औषधि प्रयोग गर्न अनुमति

२१ बैशाख २०७७ काठमाडाैं । कोरोना भाइरस (कोभिड १९) विरुद्ध अमेरिकाले औषधि प्रयोगको अनुमति दिएको छ । कोरोना संक्रमण भएका विरामीका लागि रेमडेसिविर औषधि प्रयोग गर्न अनुमति दिएको हो ।

यसअघि मलेरियाको औषधि प्रयोग गरेको अमेरिकाले असफलता हात पारेको थियो । रेमडेसिविर इबोलाका रोगीको उपचारका लागि प्रयोग गरिँदै आएको औषधि थियो । यो औषधि प्रयोग गरिएता पनि विज्ञहरूले कोरोना विरामीलाई पूर्ण रूपमा निको हुनेमा आशंका गरेका छन् ।

यो औषधिले कोरोनाका विरामीहरुलाई निको हुन मदत गरेमा अन्य देशहरुले पनि फाइदा लिन सक्ने अमेरिकाकाे जिकिर छ ।

 


Thali Mobile Pvt.Ltd.