भर्खरै : Sorry, your browser does not support inline SVG.

चार जनाको रहस्यमय मृत्यु भएपछि महोत्तरीमा त्रास

चार जनाको रहस्यमय मृत्यु भएपछि महोत्तरीमा त्रास

१७ बैशाख २०७७ महोत्तरी । भङ्गहा नगरपालिका-७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएको छ ।

मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार गरी दुई दिनमा चार जनाको रहस्यमय रुपमा ज्यान गएपछि गाउँलेमा त्रास बढेको छ । एकपछि अर्को गरी स्थानीय ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गङ्गाराम सदाको ज्यान गएको वडाध्यक्ष वासुदेवसिंह थारुले बताए ।

चारैजनाले रक्सी पिउने गरेका थाहा भएपछि उनीहरूले विषाक्त रक्सी पिएर ज्यान गएको हुनसक्ने आशङ्का वडाध्यक्ष थारुकाे छ । मृत्यु दुई/तीन दिनको अन्तरालमा भएको खबर पाएको तर शव परीक्षण नगरी उनीहरुको मृत्यु रक्सी सेवनबाटै भएको निष्कर्षमा पुग्न नसकिने महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीकाे भनाइ छ ।

घटनाको जानकारी प्राप्त भएलगत्तै गाउँमा व्यापक प्रहरी परिचालन गरेर बुझ्न लगाउँदा मृतकमध्ये तीनजनालाई आफन्तले दाहसंस्कार गरिसके पनि मृतक लालबाबु सिंहको शव बुधबार प्रहरीले जलाउनुअघि नै नियन्त्रणमा लिइसकेको र परीक्षणका लागि अस्पतालमा पठाएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.