भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

जनवरी १ तारिखका दिन ‘सूर्योदय नरगरकोट’

जनवरी १ तारिखका दिन ‘सूर्योदय नरगरकोट’

चाँगुनारायण नगरपालिका र मण्डनदेउपुर नगरपालिकाको सहकार्यमा नरगकोट नाल्दुम पर्यटन विकास समितिले नेपाल भ्रमण वर्षको पहिलो दिन अर्थात् जनवरी १ तारिखका दिन सूर्योदय नरगरकोट कार्यक्रम गर्ने भएको छ ।

भ्रमण वर्ष २०२० भव्य सफल्ताका लागि विशेष कार्यक्रम गर्ने आयोजक समितिका अध्यक्ष नविन गुरुङले जानकारी दिए। जनवरी १ तारिखका दिन नगरकोटबाट झुल्के घामबाट भन्ने कार्यक्रममा नेपाली सैनिकको हेलिकप्टरबाट नेपाल भ्रमण वर्ष २०२० अङ्कित लोगोसहितको झन्डा फहराउने कार्यक्रम रहेको छ ।

भ्रमणमा नगरकोटमा रहेका होटलहरूले पर्यटकहरूलाई आर्कषक व्यवस्था गर्ने तयारी भइरहेको समितिका कोषाध्यक्ष विष्णु लामाले जानकारी दिए । साे विशेष कार्यक्रममा विविध सांकृतिक कार्यक्रमसमेत गरिने नगरकाेट नाल्दुम पर्यटन विकास समितिले जानकारी दिएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.