भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

जनस्वास्थ्यमा खेलवाड नगर्न सरकारलाई पूर्व स्वास्थ्यमन्त्री बोहराको सूझाव

जनस्वास्थ्यमा खेलवाड नगर्न सरकारलाई पूर्व स्वास्थ्यमन्त्री बोहराको सूझाव

२४ बैशाख २०७७ काठमाडौं । जनताको आवश्यक मात्रामा परिक्षण नभएको र जनस्वास्थ्यमा खेलवाड नगर्न पूर्वस्वास्थ्य मन्त्री दिपक बोहराले आग्रह गरेका छन् ।

राप्रपाका वरिष्ठ नेता तथा पूर्वस्वास्थ्य मन्त्री बोहराले सामाजिक संजाल टुइटरमा सो आग्रह गरेका हुन । कोरोना भाईरस परिक्षणको दायरा नबढाउदासम्म लकडाउन बढाएर समस्याको समधान नहुने तर्क गरेका छन् ।

तत्काललाई एक घर एक परिक्षणको व्यवस्था गर्न सरकारलाई सूझाव दिए । पछिल्लो समय प्रदेशहरुले आवश्यक मेसिन भएपनि टेष्टकिटको अभाव रहेको भनिरहेका बेला पूर्व स्वास्थ्यमन्त्री बोहोराले टुइटर मार्फत सरकारलाई यस्तो आग्रह गरेका हुन् ।

सरकारले कोरोना परीक्षणमा प्रभावकारी काम गर्न नसकेको बोहराको जिकिर छ । तत्कालै देशभर पिसिआर प्रविधिबाट कोरोना परीक्षणको दायरा बढाएर एक घर एक परीक्षण गर्नुपर्ने उनकाे ठहर छ ।

‘लकडाउन गर्नु मात्रै समस्याको समाधान हैन, कोरोना भाइरसको कस्तो अवस्था छ, यकिन गर्न एक घर एक परीक्षण गर्न आवश्यक छ ।’ बोहराले भने ।

रुपन्देहीको भैरहवास्थित प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण कोभिड–१९ को पीसीआर जाँच रोकिएकोमा आफु अचम्मित भएको भन्दै नेता बोहराले सरकारलाई जनताको स्वास्थ्य प्रति सम्बेदनशिल भई तत्काल किटको व्यवस्था गरी एक घर एक परीक्षण सुचारु गर्न आग्रह गरेका हुन ।

dpk

 


Thali Mobile Pvt.Ltd.