भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

झोलुङ्गे पुलबाट हामफालेर बस्नेतको मृत्यु

झोलुङ्गे पुलबाट हामफालेर बस्नेतको मृत्यु

७ साउन २०७७ दोलखा । दोलखा र रामेछाप जोड्ने खिम्ति खोलामा रहेको झोलुङ्गे पुलबाट हामफालेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो १ बजे जिरी नगरपालिका-२ रजनटोल बस्ने ६० वर्षीय लालबहादुर बस्नेतले झोलुङ्गे पुलबाट हामफालेको दोलखाका प्रहरी प्रवक्ता रेशम बोहराले बताए ।

हामफालेको सूचना पाएलगत्तै प्रहरीको टोलीले झोलुङ्गे पुल भन्दा करिब २ किमि दक्षिणतर्फ रामेछापको गोकुलगंगा गाउँपालिका(१ ओलानेस्थित खिम्ति खोलाको भंगालोको बीचमा तैरिरहेको अवस्थामा उनको शव फेला परेको बोहराले बताए ।

वृद्धले मदिरा सेवन गरेपछि पुलबाट हामफालेको हुन सक्ने भएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।हामफालेको डेढ घण्टापछि उद्धारमा खटिएको टोलीले नदीबाट शव निकालेको र पोष्टमार्टमका लागि जिरी अस्पताल पठाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.