भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

ट्याक्टर दुर्घटनामा सात जनाको ज्यान गयो

ट्याक्टर दुर्घटनामा सात जनाको ज्यान गयो

४ श्रावण २०७७ प्युठान । ट्याक्टर दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन् । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टरमा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदार रहेको प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

रोल्पा रुम्टीगढी गाउँपालिका ५ का वर्ष २१ का सागर बस्नेत, वर्ष २४ का रिमबहादुर बस्नेत, वर्ष २५ का कबिराम बस्नेत, वर्ष १९ का बीरेन्द्र बाठा मगर, वर्ष १९ का थमन बाठा मगर, उमेर नखुलेका गोर्बधन बुढामर रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक वर्ष २५ कमल कुँवरको ज्यान गएको हो । विशाल थापा भने हाम फालेर बाँच्न सफल भएको प्रहरीको भर्ना छ ।

 


Thali Mobile Pvt.Ltd.