डाेटी । आर्दश गाउँपालिका-२ कालिकास्थानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राबहादुर बोहरा विजयी भएका छन् । उनी ६ सय ६५ मतसहित विजयी भएका हुन् ।
बाेहराकाे प्रतिस्पर्धी नेपाली कांग्रेसका महादेब साउदले ६ सय ५६ मत ल्याएका थिए । यस्तै, राप्रपाका कासीराम ओझाले १४ मत र स्वतन्त्र उम्मेदवार भूमिसिंह खड्काले एक सय ९१ मत प्राप्त गरेका छन् ।
