भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

दवावका बीच बल्ल दैलेखका कोरोना संक्रमित युवालाई सुर्खेत लगियो

दवावका बीच बल्ल दैलेखका कोरोना संक्रमित युवालाई सुर्खेत लगियो

९ जेठ २०७७, दैलेख । कर्णाली प्रदेशकै पहिलो कोरोना संक्रमित व्यक्ति दैलेख आठबिस नगरपालिका १ का ३५ वर्षीय युवालाई सुर्खेत लगिएको छ ।

गत जेठ ५ गते कोरोना पुष्टि भएका उनलाई चार दिन दैलेखको झुप्रेसाल स्कुलमा राखेर उपचार थालिएपछि प्रदेशले उपचारमा लापरवाही गरेको भन्ने व्यापक दवाव र आलोचना नागरिकले गरेका थिए ।

सामान्य विवाद हुँदा हेलिकप्टर प्रयोग गर्ने प्रदेश सरकार आज कोरोना संक्रमण पुष्टी भइसक्दा समेत हेलि त परको कुरा उपचारमा समेत वेवास्ता गरेको नागरीक बाट गुनासा आएका थिए । आठबीस नगरपालिकाले त विज्ञप्ती समेत निकालेर उपचारको गुहार मागेको थियो ।

dipa bigyaptiजेहोस व्यापक दवावकै विच संक्रमित युवालाई सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रशाद रेग्मीले बताएका छन् । प्रदेश सरकारले कर्णालीका तीन जिल्लामा कोरोना अस्पताल घोषणा गरेको भए पनि कोरोना अस्पतालमा लगेर उपचार नगरिएको भन्दै प्रदेश सरकारले आलोचना खेप्नु परेको थियो ।

भारतबाट चैत्र ३१ गते उद्धार गरी आठबिस नगरपालिकाले ल्याएको थियो । उनीसँगै लक्ष्मी मावि सात्तालाको क्वारेन्टाइनमा रहेका वाकी ३८ जनामा कोरोना नेगेटिभ देखिएको छ ।

ध्यानाकर्षण-पत्र

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला समिति दैलेखले ध्यानाकर्षण-पत्र जारी गरेकाे छ । काेराेना अस्पतालमा उपचार गराउनुकाे सट्टा दैलेख सदरमुकामकाे एकान्त जंगलमा राखेर वेवास्ता गरेकाे भन्दै ध्यानाकर्षण गराएकाे हाे ।

 


Thali Mobile Pvt.Ltd.