१५ जेष्ठ २०७७ काठमाडाैं । दैलेखमा थप आठजना कोरोना संक्रमित भेटिएका छन् । एकवर्षे बालकमा समेत कोरोना संक्रमण देखिएको छ । २० वर्षीया आमासँगै भारतबाट आएका बालकमा संक्रमण पुष्टी भएको हो ।
स्वाब परीक्षणका लागि सुर्खेत पठाइएकोमा उनमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ । अहिले संक्रमित बालक आमासँगै क्वारेन्टाइनमा राखिएको छ । थप भएका आठजना संक्रमितसंगै दैलेखमा संक्रमितको सङ्ख्या १६ पुगेको छ ।
नारायण नगरपालिका २६, १९, ३०, ३६, ४० वर्षीय पुरुष नयाँ संक्रमित हुन । नारायण नगरपालिकाका २० वर्षीया महिला र उनका एक वर्षीय छोरा रहेका छन् । त्यसैगरी नारायण नगरपालिकाकै एक १५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
Video
https://www.facebook.com/Kailashkhabarnews/videos/181925609786986/
संक्रमित सबै भारतबाट आएको स्वास्थ्य कार्यालय दैलेखका फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिएका छन् । संक्रमितहरू सबै क्वारेन्टाइनमा बसेका छन् । कर्णाली प्रदेशमा कुल सङ्क्रमितको संख्या ४६ पुगेको छ । जसमा सुर्खेतका ३० र दैलेखका १६ रहेका छन् ।
यसैबीच ५८ हजार २७७ जनाकाे परिक्षण हुदा नेपालमा काेराेना संक्रमित संख्या १ हजार ४२ पुगेकाे छ । कूल मृत्यु ५ जनाकाे भएकाे छ भने १८३ जना निकाे भएर घर फर्किएका छन् । अाज थप १५६ जना नयाँ रहेका छन् । पिछल्लाे समय भारतबाट आउने नेपालीकाे संख्या हर्वात्तै बढेसंगै काेराेना महामारी पनि नेपालमा बढ्दै गएकाे छ ।
