भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

नेपालको शिक्षा प्रणालीमा आमुल परिवर्तन गर्न जरुरी छ : डा. खगेन्द्र हमाल

नेपालको शिक्षा प्रणालीमा आमुल परिवर्तन गर्न जरुरी छ : डा. खगेन्द्र हमाल

११ बैशाख २०७७ काठमाडौं । नेपालको शिक्षा प्रणालीमा आमुल परिवर्तन गर्न जरुरी रहेको डा. खगेन्द्र हमाले बताएका छन् । जति सक्यो घोकेर ३ घण्टाको परीक्षा लिएर मुल्याङ्कन गर्ने प्रणालीको अन्य गरि विद्यार्थीको प्रतिभा र क्षमता अनुसार मुल्याङ्कन गरिने शिक्षा प्रणालीको खाँचो रहेको डा. हमालको तर्क छ ।

कैलाश खबरको विशेष टकमा कुरा गर्दै अमेरीकामा बस्दै आएका डा. हमालले विद्यार्थीको दक्षता के मा छ ? त्यो कुराको ज्ञान शिक्षकमा हुनु पर्ने बताए । अमेरिकन सरकारले विद्यार्थीको चाहना र क्षमता अनुसार उपयोगी शिक्षा दिइरहेको भन्दै नेपालले पनि व्यवहारीक शिक्षा र विद्यार्थीको दक्षता के मा छ त्यहि अनुसारको प्रणाली अवलम्बन गर्नु पर्ने सुझाव दिए ।

कर्णाली जस्तो विकट क्षेत्रबाट पनि अमेरिका जस्तो सम्पन्न मुलुकमा आएर रसायन शास्त्रमा विद्यावारिधि गर्नु सामान्य दुःखको कुरा नभएको बताए । मेहनत गरे सबैकुराको सम्भव रहेको भन्दै डा. हमालले आफु अब नेपाल फर्केर योगदान गर्न चाहेको बताए । सीप सिक्न जहाँ गएपनि सबै नेपाली नेपाल फर्केर आफ्नो देशको सेवामा लाग्न अनुरोध गरे ।

कोरोना भाइरसको महामारीको चपेटामा विश्व समुदाय रहेकाले अमेरिकामा रहेका नेपालीको अवस्था पनि जटिल्ताबाटै गुज्रीरहेको बताए । औषधि र भ्याक्सिन पत्ता नलागि सकेको अवस्थामा लकडाउनमा बस्नुको विकल्प नरहेको भन्दै सबै नेपालीले नेपालसरकारले लिएको नीतिको पूर्ण पालना गर्नु पर्ने बताए । कोरोना भाइरसबाट बच्ने उपाएमा हेल्च¥याइ नगर्न आग्रह गरे ।

बाँकी भिडियो बाट…

 


Thali Mobile Pvt.Ltd.