१३ जेष्ठ २०७७, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । अपराह्न ५ बजे बालुवाटारमा बैठकक बाेलाएकाे उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
समसामयिक विषय तथा सीमा विवादका विषयमा छलफल गरिने भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाकेकाे सचिवालयले जनाएकाे छ ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नक्सा प्रकाशित गरेपछि निशान छाप परिवर्तनका लागि संविधान संशाेधन गर्न सहमति जुटाउन बैठक केन्द्रित हुने जनाइएकाे छ ।

