भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

भारतमा अलपत्र नागरिककाे गुनासाे: ‘हामीले खाना समेत पाएनाैं’ उद्वार गर सरकार…

भारतमा अलपत्र नागरिककाे गुनासाे: ‘हामीले खाना समेत पाएनाैं’ उद्वार गर सरकार…

८ जष्ठ २०७७, मुम्बइ भारत । रोजगारीका लागि भारतका विभिन्न प्रान्तमा पुगेका नेपालीहरु कोरोना महामारीको संकटपूर्ण अवस्थामा झन संकटमा परेका छन् । स्वदेश फर्किनका लागि अहिले सरकारसंग गुहार मागिरहेका छन् ।

स्वदेश फर्किने आशामा कैयौं नेपाली मजदुरहरु महिना दिन हण्डर खाँदै पैदलै हिडेर सीमामा पुगिरहेका छन् । कतिपय भारतीय जिल्लाका क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई निकालिएको छ भने कैयौं नेपालीलाई नेपाल फर्क यहाँ अब काम पाइदैन भनेर धम्की दिएर निकालिएको छ ।

यस्तै धेरैदिन देखि भोकै बस्नु परेको बाध्यात्मक परिस्थितिबाट नेपाल सरकारसंग गुहार मागिरहेका छन् मुम्बईमा अलपत्र परेका नेपालीहरुले । मुम्बइ कोलालीमा अलपत्र परेका कर्णाली प्रदेश दैलेखका नागरिक मनोज बिक, सरस्वती बि क, दिपक बिक, उपेन्द बि क, गोर्ख बिक, दिपक बिक, खगेन्द्र बिक, धर्मराज थापा, हरी बिक, करण थापा, भर्द नेपाली, देब रावत र दिपक रावतलगायत १८ जनाले खान समेत नपाकाे बताएका छन् ।

कोरोनाका कारण कामबाट निकालिएको भन्दै नेपाल फर्कन भाडा समेत नभएको उनीहरूकाे गुनासाे छ । फोन गरेर समस्या दर्शाउन मोबाइलमा राख्ने रिचार्ज समेत किन्ने रुपयाँ नभएको बताएका छन् । अहीले खान र बस्न निकै अप्ठयारो भएकाले नेपाल सरकारले आफुहरुलाई उद्धार गरिदिन अलपत्र नागरिकले आग्रह गरेका छन् ।

नेपालले लिपुलेख, लिम्पियाधुरा र कालापानी सहितको नक्सा जारी गरेपछि भारतीयबाट झन हेपिनु परेको दुखेसो पोखेका छन् । भारतीय सुरक्षा स्रोतका अनुसार क्वारेन्टाइनमा दैनिक सयौँ नेपाली मजदुरहरु थपिंदै गएको र नेपाल सरकारले पनि स्वदेश भित्रयाउनमा तदारुकता नदेखाएमा नेपालीलाई झन समस्या हुने बताउ छन् ।

‘हामी कसरी बसेका छौँ ? खाना पाएका छौँ कि छैनौँ ? यि र यस्ता विषयमा सोधखोज गर्न पनि सरकारलाई उनीहरुले आग्रह गेका छन् । हामीहरु नेपालको नागरिक नै नभए जस्तो व्यवहार नगरिदिन अनुराेध गरेका छन् ।

यता कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट भारतको पिथौरागढको झुलाघाट सीमानामा अलपत्र परेका नागरिकहरुको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगी (९८५८७८२०००) र जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्र बहादुर क्षेत्रीले (९८५८०४०१२६) नम्बरमा सम्पर्क गर्न अनुराेध गरेका छन् ।

उल्लेखीत नम्बरमा जानकारी गर्न सबैमा अनुरोध गर्दै सहयाेग गर्ने बचन दिएकाेमा संयोजनका लागि उनीहरु दुवै जनालाई कैलाश खबरले धन्यवाद दिएकाे छ । सहजताका लागि याे नम्बरमा (९८४१६१६१०७) (९८६८६५१३३४) सम्पर्क गर्न पनि सक्नु हुने छ ।

 

 


Thali Mobile Pvt.Ltd.