भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

भारतले नेपाली भूमि प्रयोग गरी चीनसम्म जोडने सडक उद्घाटन गरेपछि बल्ल बोल्यो सरकार

भारतले नेपाली भूमि प्रयोग गरी चीनसम्म जोडने सडक उद्घाटन गरेपछि बल्ल बोल्यो सरकार

२७ बैशाख २०७७ काठमाडौ । भारत सरकारले नेपाली भूमि प्रयोग गरेर चीनसम्म जोडने सडक उद्घाटन गरेपछि परराष्ट्र मन्त्रालयले हस्ताक्षर बेगर आपत्ति जनाएको छ ।

शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी त गर्यो तर हस्ताक्षरबिनाको । हस्ताक्षर बिनाको विज्ञप्ती भएपनि नेपाली भूमिमा कूनै पनि गतिविधि नगर्न भारत सरकारलाई सचेत गराएको छ । विज्ञप्तीमा भनिएको छ, ‘यो एकपक्षीय कार्य प्रधानमन्त्रीको तहलगायतका दुई देशहरूबीच भएको समझदारी विरूद्ध हो ।

जुन सीमा विवादको समाधान वार्ताबाट खोजिने छ। नेपाल सरकार दुई देशबीच घनिष्ट र मैत्री सम्बन्धको भावना राख्दै ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्शाको आधारमा सीमा मुद्दाहरूको कूटनीतिक समाधान खोज्न प्रतिबद्ध छ ।’

नेपाली भूमाग मिचेर धार्मिक स्थल मानसरोवसम्म जोड्ने सडक निर्माण गरेर उद्घाटनसमेत गरेपछि सामाजिक संजालमा नेपालीले व्यापक विरोध गरेका छन् । अहिले सरकारको आधिकारिक प्रतिक्रिया दिएको छ । परराष्ट्रले भारतले निर्माण गरेर उद्घाटन गरेको उक्त ‘लिंक रोड’ नेपाली भूभाग रहेको बताएको छ ।

नेपालले पहिल्यैदेखि भन्दै आएको छ, भारतले हिजो उद्घाटन गरेको लिपु लेक जोड्ने लिंकरोडको क्षेत्र नेपाली भूभाग हो । जारी विज्ञप्तिमा भनिएको छ, ‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपु लेकलगायत काली (महाकाली) नदीको पूर्वक्षेत्रहरू नेपालको हो भनेर सरकारले भारतीय पक्षलाई स्मरण गराएको छ ।’

‘नेपाल सरकारले धेरै पटक दोहोर्याएको थियो र पछिल्लो समयमा जारी गरिएको नयाँ राजनीतिक नक्शाको जवाफमा २० नोभेम्बर २०१९ मा भारत सरकारलाई सम्बोधन गरिएको कूटनीतिक नोटमार्फत नेपाल सरकारले यसलाई दोहोर्याएको थियो ।’ विज्ञप्तिमा भनिएको छ ।

दुई देशहरूबीच भएको समझदारीविरुद्ध रहेको औँल्याउँदै परराष्ट्रले सीमा विवादको समाधान वार्ताबाट खोजिने बताएको छ । ऐतिहासिक सन्धि, दस्तावेज, तथ्य र नक्शाको आधारमा सीमाका मुद्दाहरूको कूटनीतिक समाधान खोज्न विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.