२९ बैशाख २०७७ काठमाण्डौ । लकडाउन उल्लङ्घन गरेपछि भारतीय अभिनेत्री पूनम पाण्डे पक्राउ परेकी छन् ।
विना कारण बीएमडब्ल्यू कारमा आफ्ना साथीसँग बाहिर घुमफिर गरिरहेकाे अवस्थामा पूनमलाइ सरकारको आदेश उल्लङ्घन गरेको आरोप लगाएर प्रहरीले पक्राउ गरेकाे हाे ।
प्रहरीले पूनमसँगै उनका अरू साथीहरुलाई पनि गिरफ्तार गरेको संचारमाध्यमले जनाएका छन् । प्रहरीले पूनम पाण्डेको बीएमडब्ल्यू कार पनि जफत गरेको छ ।
