भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मास्क लुकाएको वा महँगोमा बेचेको भेटिए कल गर्नुस् ११३७ मा

मास्क लुकाएको वा महँगोमा बेचेको भेटिए कल गर्नुस् ११३७ मा

काठमाण्डौ । मेडिकल पर्शन वा व्यापारीले मास्क (मुखावरण) लुकाएको वा महँगोमा बेचेको पाइएमा तुरुन्त ११३७ नम्बरमा फोन गर्न सरकारले आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो निकै बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन आग्रह गरिएको छ ।

त्यस्तो भेटिए वा उजुरीको आधारमा अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिबाना गर्ने र मुद्दा चलाउने विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । बजारमा अनुगममा मास्क लुकाएको वा बढी मूल्यमा बेचेको पाइए कारबाही गर्न थालिसकिएको उनले जानकारी दिए । मास्क लुकाए र महंगोमा बेचेको भन्दै काठमाडौंको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिबाना तिराएको विभागले जानकारी दिएको छ ।

बिलबिना नै महँगोमा मास्क बेच्ने त्रिपुरेश्वरको स्वस्तिक सर्जिकल सप्लायर्सलाई पनि २० हजार, सचिन ट्रेड कन्सर्न, त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई जरिबाना तिराएको महानिर्देशक सुवेदीले बताए । विभागले बजार अनुगमनलाई पनि तीब्रता दिईरहेको छ । यता कच्चा पदार्थ आपूर्तिमा सम्भावित अभाव हुन नदिन सरकारले सम्बन्धित निकायसँग छलफल गर्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.