भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मिटरब्याजी माथि कारबाही गर्दै प्रशासन

मिटरब्याजी माथि कारबाही गर्दै प्रशासन

जलेश्वर, । गृहमन्त्रीको निर्देशनपश्चात जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिटरब्याजीउपर धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । कार्यालयमा हालसम्म दुई सय ३४ मिटरब्याजीसम्बन्धी उजुरी परेको र प्राप्त उजुरीउपरको कारबाही प्रक्रिया द्रुतगतिका साथ अगाडि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयो ।

उहाँले मिटरब्याजसम्बन्धी प्राप्त उजुरीसँग सम्बन्धित व्यक्तिलाई त्यस कार्यालयबाट पत्राचार गर्ने, बोलाउने तथा छलफल गराउने तथा छानबिन प्रक्रियाजस्ता काम–कारबाही अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । उहाँले कार्यालयबाट ४९ जनालाई पत्राचार गरिसकिएको र चारवटा मुद्दामा सहमति भएको बताउनुभयो ।

त्यस्तै प्राप्त उजुरीमध्ये ३६ मुद्दा प्रक्रियामा अदालतमा गइसकेको र पाँच उजुरीको मुद्दा अदालतमा चलिरहेको अवस्थामा रहेको उहाँले बताउनुभयो । बाँकी उजुरीउपर कार्यालयले दुवै पक्ष विपक्षलाई बोलाएर धमाधम काम अगाडि बढाइरहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.