भर्खरै : Sorry, your browser does not support inline SVG.

मैतिदेवीका १० घर सिल

मैतिदेवीका १० घर सिल

७ जेठ २०७७, काठमाडौं । कोरोना महामारीकाे संकटका बेला संक्रमित बसेको काठमाडाैं मैतीदेविको १० वटा घर सिल गरिएको छ ।

रामेछापबाट बैशाख ३० गते आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएपछि १० वटा घर सिल गरिएको काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले जनाएकाे छ ।

रामेछापका कोरोना संक्रमितको कन्ट्रयाक ट्रेसिङको क्रममा मैतिदेवीमा बसेको जानकारी आएपछि मैतीदेवीको १० घरमा सिल गरिएको हो ।

मैतीदेविको एक दुग्ध डेरीबाट प्रहरी विटसम्म एकातर्फको १० घरमा सील गरीएको छ । संक्रमित युवा अहिले अस्पतालमा भएपनि उनका एकजना भाइ भने कोठामै रहेका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.