भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

राप्रपाकाे दल दर्ता आज

राप्रपाकाे दल दर्ता आज

७ साउन २०७७ काठमाडौं । राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता भई बनेको राप्रपाले आज दल दर्ता गर्ने बताएको छ । अध्यक्ष कमल थापा, पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीसहितका नेताहरु निर्वाचन आयोगमा पुगेर दल दर्ता गर्ने तयारी थालेका छन् ।

दिउँसो साँढे एक बजे निर्वाचन आयोगमा पुग्ने छन् । राप्रपा र राप्रपा संयुक्त बीच गत फागुन २८ गते औपचारिक पार्टी एकता भएको थियो । एकता पछिको राप्रपाले १३ सदस्यीय केन्द्रीय सचिवालय कार्य व्यवस्था समिति, ८२ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति र ३२७ सदस्यीय केन्द्रीय कार्य समिति यसअघि नै गठन गरेको छ।

कोरोना महामारी र देशव्यापी लकडाउनको अवस्थाले पार्टी दर्ता गर्न ढिला भएको राप्रपाले जनाएको छ । दल दर्ता भइसकेपछि जिल्ला समायोजन, भातृ संगठन समायोजन लगायतका एकता प्रक्रियाका बाँकी काम टुंग्याउने राप्रपाको तयारी छ।

 


Thali Mobile Pvt.Ltd.