भर्खरै : Sorry, your browser does not support inline SVG.

हवाई सेवा पुनः सञ्चालन हुदा बाजुरेली खुशी

हवाई सेवा पुनः सञ्चालन हुदा बाजुरेली खुशी

१२ साउन २०७७ बाजुरा । हवाई सेवा पुनःसञ्चालनमा आएपछि बाजुरावासी खुसी भएका छन् । वर्षाका कारण ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् भने गत चैत ११ गतेदेखि आन्तरिक उडान पनि बन्द भएका थिए । बन्द गरेका हवाई सेवा कम्पनीले उडान पुनःसञ्चालन गरेपछि स्थानीय खुसी भएका हुन ।

सरकारको मापदण्ड पूरा गरी केही दिनदेखि उडान शुरु भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जानकारी दिएको छ । आरडिटी अनिवार्य गरेर मास्क, पञ्जालगायत स्वास्थ्य सुरक्षाका प्रयोग गरी उडान शुरु गरिएको कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले बताए ।

सम्पूर्ण सुरक्षा प्रक्रिया पूरा गरेर बाजुराबाट यात्रुलाई नेपालगञ्ज र सुर्खेत पठाइने राजा एयरपोट प्रतिनिधि ज्ञानु बमले बताए । बाढीपहिरोका कारण सडक मार्ग अवरुद्ध भएर दुःखी भइरहेका बेला हवाई सेवा पुनः सञ्चालन हुने देखिएपछि नागरिक हर्षित भएका छन् । हवाई सेवा पुनःसञ्चालन हुदा स्वास्थ्य सुरक्षाका उपायमा हेलचक्राइँ नगर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.