काठमाण्डौ । कोरोना भाइरस सङ्क्रमित एक सय एक वर्षीय एक वृद्व उपचारपछि निको भएका छन् ।
बेलायतको वोरसेस्टरशायरका किथ वाट्सन उपचारपछि निको भएको वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमणको केही समयको उपचारपछि उनी निको भएको अस्पतालले जनाएको छ ।
उनी अस्पतालबाट फर्किएपछि घरका सबै सदस्यले फोटो खिचाए खुसी साँटे । सामाजिक सञ्जालमा अहिले यो फोटो भाइरल भएको छ ।

