काठमाडौं । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुर्नेमध्ये तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय इलामले तीन जनालाई देउमाइ नगरपालिकास्थित जितपुरबाट पक्राउ गरेको हो ।
पशु कल्याण संघ काठमाडौंले कुकुरको बच्चा हत्या गर्नेहरु बिरुद्ध इलाम प्रहरीमा जाहेरी दिएका थिए । सो जाहेरी दर्ता भए लगत्तै उनीहरु पक्राउ परेका हुन् ।भिडियो बनाउने हेतुले ती युवाहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेका थिए ।
संघले काठमाडौंबाट प्रतिनिधि पठाएर जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दर्ता गराएको थियो । जाहेरीमा मूलुकी अपराध संहिता २०४७ अनुसार हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
रुपन्देही, ६ वैशाख । बुटवलको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार, टिका बिष्ट क्षेत्री नामक युवतीलाई कम्मरको भागमा गोली लागेको हो। प्रहरीका अनुसार,...
काठमाडौं, १ वैशाख । उच्च अदालत विराटनगर, इलाम इजलासले प्रेम सम्बन्धमा रहेका जोडीहरूले सहमतिमा गरेको शारीरिक सम्बन्धलाई जबरजस्ती करणी नमान्ने निर्णय गरेको छ। यो फैसला मुलुकी अपराध संहिता २०७४...
काठमाडौं, २९ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ भारतको आसामबाट पक्राउ परेको खबरले नेपालमा तरंग ल्यायो । चैत १५ को तीनकुने प्रदर्शनलाई हिंसात्मक बनाएको आरोपमा फरार प्रसाईँ भारतमा लुकेको...
काठमाडौँ, २७ चैत । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। कैलालीको घोडाघोडी–१ सुखडस्थित गौरभ आचार्यको घरमा लागुऔषध सेवन भइरहेको गोप्य सूचनाका आधारमा इलाका...