भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

राष्ट्रियसभामा बहुमत नपुग्ने भएपछि सरकारले अध्यादेशहरू निर्णयार्थ पेश गरेन

राष्ट्रियसभामा बहुमत नपुग्ने भएपछि सरकारले अध्यादेशहरू निर्णयार्थ पेश गरेन

काठमाण्डौ । टिप्पणी गर्ने बेला भइनसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले वेला नभएको प्रधानमन्त्रीले ओलीले बताएका हुन ।

संसद्को हिउँदे अधिवेशन शुरू हुनुअघि सरकारले विभिन्न मितिमा ६ वटा अध्यादेश जारी गरेको थियो । संसद् नियमावली अनुसार संसद् बैठक शुरू भएपछि अध्यादेशहरू पेश गर्नुपर्ने प्रावधान छ । तर राष्ट्रियसभामा बहुमत नपुग्ने भएपछि सरकारले अध्यादेशहरू निर्णयार्थ पेश गरेको छैन ।

सङ्घीय संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा आज सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अहिले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आइनसकेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.