भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

चितवनको सेती दोभानमा बस दुर्घटना हुँदा २३ जना घाइते, मिनी ट्रक पल्टिँदा १९ खसीबोका मरे

चितवनको सेती दोभानमा बस दुर्घटना हुँदा २३ जना घाइते, मिनी ट्रक पल्टिँदा १९ खसीबोका मरे

काठमाडौं । बर्दियाबाट खसीबोका लिएर काठमाडौं जान लागेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक इच्छाकामना गाउँपालिका–४ लेवाटार नजिकै दुर्घटना भएको छ । आइतबार विहान दुर्घटना हुँदा हुँदा १९ खसीबोका मरेका छन्।

ट्रकमा रहेका १४३ वटा खसीबोकामध्ये १९ वटा च्यापिएर मरेका हुन्। त्यस्तै चितवनको सेती दोभानमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। गाडीमा २८ जना थिए। २३ जनाको उद्धार गरी उपचारका लागि भरतपुर पठाएको चितवन प्रहरीले जनाएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँँदै गरेको लु.प्र.०३–००१ख ००७७ नम्बरको बस पुलबाट करिब २० मिटर तल खोल्साामा खसेको हो। बस बिहान ४ बजेर ४० मिनेटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.