भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु, चैत्र २८ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ। वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारी आवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो।

विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी ९बर्दघाट सुस्तापूर्व० एसपी यादव ढकालले बताए। सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु अलपत्र परेका छन्।

दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ देखि ३ बजेसम्म आवागमन बन्द गरेर मर्मत शुरू गरिएको थियो। वैशाख १ देखि १५ गतेसम्म राति ११ देखि बिहान ५ बजेसम्म आवागमन रोकेर विस्तार गर्ने तयारी छ।रासस

 


Thali Mobile Pvt.Ltd.