भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३४ औँ वर्षमा प्रवेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३४ औँ वर्षमा प्रवेश

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३४ औँ वर्षमा प्रवेश गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित आयो सोमबारबाट ३४ औं वर्षमा प्रवेश गरेको हो ।

आयोगले संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक,प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अङ्गीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।

सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आयोगले आज आफ्नो स्थापना दिवस मनाइँदैछ । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ ।

आयोगले सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले कानून बमोजिम भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा अख्तियारले त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्तिमाथि कानूनबमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्न वा गराउन सक्नेछ ।

कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेमा कानूनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्ने अधिकार अख्तियारलाई छ ।

 


Thali Mobile Pvt.Ltd.