भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

बाग्मती प्रदेश डेंगु संक्रमणको अति जोखिममा,भक्तपुरमा ३५ जनामा संक्रमण पुष्टि

बाग्मती प्रदेश डेंगु संक्रमणको अति जोखिममा,भक्तपुरमा ३५ जनामा संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का हाल देशभर डेंगु संक्रमितको संख्या १ हजार ४८३ जना पुगेको छ। अघिल्लो हप्तासम्म १ हजार ४३२ जना डेंगु संक्रमित थिए।

इडिसिडीको तथ्यांकअनुसार जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ। काठमाडौँमा १६५, काठमाडौँको संक्रमणदर ११ प्रतिशत रहेको छ। झापामा १२३ जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी चितवनमा ८६, मकवानपुरमा ६८, डोटीमा ४९, तनहुँ ५२, सिन्धुपाल्चोकमा ४६, ओखलढुंगामा ५०, भोजपुरमा ४६ र भक्तपुरमा ३५ जनामा डेंगु पुष्टि भएको छ।

प्रदेश स्तरमा हेर्ने हो भने बागमती प्रदेशमा ५०५ जनामा डेंगु पुष्टि छ। संक्रमितको संख्या हेर्दा बाग्मती प्रदेश डेंगु संक्रमणको अति जोखिममा परिसकेको छ। ५ सयभन्दा माथि संक्रमित भएको क्षेत्रलाई संक्रमणको अति जोखिम समूहमा राख्ने गरिएको छ।

यस्तै कोशीमा ३५२, गण्डकीमा २२६, लुम्बिनीमा १७१, सुदूरपश्चिममा १६१, मधेशमा ३८ र कर्णाली प्रदेशमा २० जनामा डेंगु पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष अन्य वर्षको तुलनामा डेंगु संक्रमण बढी पुष्टि हुने आंकलन गरेको छ।

 


Thali Mobile Pvt.Ltd.