भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

धनकुटामा यात्रुबाहक बस दुर्घटना, एक महिला घाइते

धनकुटामा यात्रुबाहक बस दुर्घटना, एक महिला घाइते

धनकुटा, १४ कार्तिक । धनकुटा नगरपालिका–९ तिनघुम्तास्थित कोशी लोकमार्गमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् ।

प्रहरीका अनुसार प्र १–०२–००१ ख ९५१९ नम्बरको बस दमकबाट दिक्तेलतर्फ जाँदै गरेको थियो । यात्राकै क्रममा बसको हावाको पाइप अचानक पड्किँदा गाडी अनियन्त्रित भई सडकमा पल्टिएको हो । दुर्घटनामा मोरङ, लेटाङ नगरपालिका–३ की ५५ वर्षीया मिना गुरुङ ढाडमा चोट लागी सामान्य घाइते भएकी छन् ।

उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बसमा रहेका अन्य २६ जना यात्रु सकुशल रहेका छन् । दुर्घटनापछि प्रहरी चौकी मुलघाटबाट गएको टोलीले उद्धार कार्य सम्पन्न गरेको हो ।

घटनास्थलमा बस अझै रहेको भए पनि सडकमा सवारी आवागमन सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.