भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी

तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी

काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज तराई–मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिएको छ। लुम्बिनी प्रदेशका केही जिल्लामा तातो हावाको लहर चल्ने अनुमान गरिएको छ, जसले गर्मीलाई थप बढाउनेछ।

भैरहवामा आज अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ, जबकि हिजो यहाँ ४० डिग्री नाघेको थियो। काठमाण्डौ उपत्यकामा पनि तापक्रम बढ्ने सम्भावना छ। हिजो काठमाण्डौमा यो वर्षको सबैभन्दा उच्च तापक्रम ३३।५ डिग्री सेल्सियस पुगेको थियो, र आज ३२ देखि ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

यसैबीच, अन्य प्रदेशहरूको पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षा र चट्याङको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

हिमाली क्षेत्रका एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। सम्पूर्ण देशमा गर्मीको प्रभाव बढेको छ, र यस कारण जनजीवन प्रभावित हुन सक्छ, विशेष गरी तराई–मधेशमा।

 


Thali Mobile Pvt.Ltd.