भर्खरै : Sorry, your browser does not support inline SVG.
प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा | राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य | तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क | गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच |

तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी

तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी

काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज तराई–मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिएको छ। लुम्बिनी प्रदेशका केही जिल्लामा तातो हावाको लहर चल्ने अनुमान गरिएको छ, जसले गर्मीलाई थप बढाउनेछ।

भैरहवामा आज अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ, जबकि हिजो यहाँ ४० डिग्री नाघेको थियो। काठमाण्डौ उपत्यकामा पनि तापक्रम बढ्ने सम्भावना छ। हिजो काठमाण्डौमा यो वर्षको सबैभन्दा उच्च तापक्रम ३३।५ डिग्री सेल्सियस पुगेको थियो, र आज ३२ देखि ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

यसैबीच, अन्य प्रदेशहरूको पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षा र चट्याङको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

हिमाली क्षेत्रका एक(दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। सम्पूर्ण देशमा गर्मीको प्रभाव बढेको छ, र यस कारण जनजीवन प्रभावित हुन सक्छ, विशेष गरी तराई–मधेशमा।

 


Thali Mobile Pvt.Ltd.