भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

भ्रामक सूचनाको पछि नलागी एचपीभी खोप लगाउन आग्रह

भ्रामक सूचनाको पछि नलागी एचपीभी खोप लगाउन आग्रह

काठमाण्डौ, ४ फागुन । सरकारले किशोरीहरुलाई भ्रामक सूचनाको पछि नलागी पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउन आग्रह गरेको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा डा रमेशकान्त अधिकारीले भ्रामक सूचनाको पछि नलागि किशोरीहरुलाई खोप लगाउन आग्रह गर्नुभएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको माघ २५ गतदेखि यही फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउने अभियान शुरू गरेको छ ।

एचपीभी खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त तथा औषधि व्यवस्था विभागबाट स्वीकृत सुरक्षित खोप रहेको यसबाट डराउन नपर्ने अधिकारीले बताउनुभयो । अभियानअन्तर्गत गएको वर्षको एचपीभी खोप अभियानमा छुटेका अहिले कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्ष उमेरका विद्यालय बाहिरका किशोरीलाई खोप लगाइने छ ।

अध्यक्ष डा। अधिकारीले विफर उन्मूलन र पोलियो जस्ता रोगको रोकथाम खोप नै रहेकाले ढुक्क भएर किशोरीलाई खोप लगाउन आग्रह गर्नुभयो । वर्षौँदेखिको प्रयासपछि नेपालले एचपीभी खोप ल्याउन सफल भएको उल्लेख गर्दै एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर जस्ता गम्भीर रोगबाट किशोरीहरुको भविष्य सुरक्षित गर्ने बताउनुभयो ।

अभियानअन्तर्गत सरकारले ३ लाख ५० हजार बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने छ । रासस

 


Thali Mobile Pvt.Ltd.