भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भूकम्पपछिको दशकमा पनि अधुरा संरचना, पुनर्निर्माण अझै अपूरो

भूकम्पपछिको दशकमा पनि अधुरा संरचना, पुनर्निर्माण अझै अपूरो

काठमाडौँ । गोरखा केन्द्रविन्दु भएर गएको २०७२ सालको विनाशकारी भूकम्पको आज एक दशक पूरा भयो। तर, भत्किएका धेरै संरचनाहरू अझैसम्म पनि पुनर्निर्माणको प्रतीक्षामा छन्।

७.६ म्याग्निच्यूडको उक्त भूकम्पले ८,९७९ जनाको ज्यान लिएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए। झण्डै १० लाख घर, हजारौँ विद्यालय, स्वास्थ्य संस्था र सांस्कृतिक सम्पदा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए।

सरकारले पुनर्निर्माणको लागि अनुदान दिए पनि अधिकांश लाभग्राहीले निर्माण कार्य पूरा गर्न सकेका छैनन्। आर्थिक अभाव, कागजी प्रक्रिया, सामग्रीको कमी र पुरातात्विक संरचनामा विवादले पुनर्निर्माण ढिलाइ भएको हो।

हालसम्म करिब ८१५ वटा सम्पदाको पुनर्निर्माण सकिएको भए पनि ५३१ संरचना अझै अधुरै छन्। एकीकृत बस्ती र स्वास्थ्य भवन निर्माणमा पनि सुस्तता देखिएको छ।

विशेषज्ञहरूका अनुसार, भूकम्पले चेतना बढाएको भए पनि पूर्वतयारी, विपद् व्यवस्थापन र अनुगमनमा कमजोरी कायमै छ। मनोरोग विशेषज्ञहरू भन्छन्, भूकम्पको मानसिक असर अझै धेरैमा देखिन्छ। पराकम्पन हुँदा त्रास हुने समस्या व्यापक छ।

अर्कोतर्फ, भूकम्पविद्हरूका अनुसार नेपाल अझै भूकम्पीय जोखिममा छ। संरचना बलियो बनाउने, खुला स्थान सुनिश्चित गर्ने र जनचेतना फैलाउने खाँचो अझै रहेको बताइन्छ।

 


Thali Mobile Pvt.Ltd.