भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

भूकम्पपछिको दशकमा पनि अधुरा संरचना, पुनर्निर्माण अझै अपूरो

भूकम्पपछिको दशकमा पनि अधुरा संरचना, पुनर्निर्माण अझै अपूरो

काठमाडौँ । गोरखा केन्द्रविन्दु भएर गएको २०७२ सालको विनाशकारी भूकम्पको आज एक दशक पूरा भयो। तर, भत्किएका धेरै संरचनाहरू अझैसम्म पनि पुनर्निर्माणको प्रतीक्षामा छन्।

७.६ म्याग्निच्यूडको उक्त भूकम्पले ८,९७९ जनाको ज्यान लिएको थियो भने २२ हजारभन्दा बढी घाइते भएका थिए। झण्डै १० लाख घर, हजारौँ विद्यालय, स्वास्थ्य संस्था र सांस्कृतिक सम्पदा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए।

सरकारले पुनर्निर्माणको लागि अनुदान दिए पनि अधिकांश लाभग्राहीले निर्माण कार्य पूरा गर्न सकेका छैनन्। आर्थिक अभाव, कागजी प्रक्रिया, सामग्रीको कमी र पुरातात्विक संरचनामा विवादले पुनर्निर्माण ढिलाइ भएको हो।

हालसम्म करिब ८१५ वटा सम्पदाको पुनर्निर्माण सकिएको भए पनि ५३१ संरचना अझै अधुरै छन्। एकीकृत बस्ती र स्वास्थ्य भवन निर्माणमा पनि सुस्तता देखिएको छ।

विशेषज्ञहरूका अनुसार, भूकम्पले चेतना बढाएको भए पनि पूर्वतयारी, विपद् व्यवस्थापन र अनुगमनमा कमजोरी कायमै छ। मनोरोग विशेषज्ञहरू भन्छन्, भूकम्पको मानसिक असर अझै धेरैमा देखिन्छ। पराकम्पन हुँदा त्रास हुने समस्या व्यापक छ।

अर्कोतर्फ, भूकम्पविद्हरूका अनुसार नेपाल अझै भूकम्पीय जोखिममा छ। संरचना बलियो बनाउने, खुला स्थान सुनिश्चित गर्ने र जनचेतना फैलाउने खाँचो अझै रहेको बताइन्छ।

 


Thali Mobile Pvt.Ltd.