भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतमा ५० हजारभन्दा बढी व्यक्ति सुरक्षित स्थानमा सारिएका, विद्यालयहरू बन्द

भारतमा ५० हजारभन्दा बढी व्यक्ति सुरक्षित स्थानमा सारिएका, विद्यालयहरू बन्द

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेश, पश्चिम बंगाल, तमिलनाडु र ओडिसामा चक्रवात ‘मोन्था’ ले व्यापक असर पारेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार तटीय क्षेत्रमा ८० देखि ९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ। धेरै ठाउँमा रूखहरू ढलेका छन् र समुद्र तटमा अग्ला छालहरू उठेका छन्। चारै तटीय राज्यका जोखिमपूर्ण क्षेत्रबाट ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

विद्यालयहरू बन्द गरिएका छन् र प्रशासनले आपतकालीन सतर्कता अपनाएको छ। बङ्गालको खाडीमा विकसित यो चक्रवात अहिले ‘गम्भीर चक्रवाती आँधी’ मा परिणत भइसकेको छ। मोन्था हिजो बेलुका आन्ध्र प्रदेशको मछलीपट्टनम तटमा ठोक्किन शुरू गरेको थियो र यो प्रक्रिया राति एक बजेसम्म जारी थियो।

आन्ध्र प्रदेश सरकारले झण्डै ४० लाख मानिस जोखिम क्षेत्रमा रहेको जनाएको छ। जलवायु विज्ञहरूका अनुसार दक्षिण एशियामा पछिल्ला वर्षहरूमा यस्ता गम्भीर आँधीबेहरीहरू तीव्र र अनियमित हुँदै गइरहेका छन्।

सन् २०२३ मा भारतले इतिहासकै सबैभन्दा विनाशकारी चक्रवातको सामना गरेको थियो, जसमा ५२३ जनाको मृत्यु भएको थियो।

 


Thali Mobile Pvt.Ltd.