भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विमानभित्र बम भएको झुटो सूचना आएपछि

विमानभित्र बम भएको झुटो सूचना आएपछि

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित एयरपोर्टमा विमानभित्र बम भएको सूचना आएपछि विमानलाई तत्काल आइसोलेशनमा लगिएको छ । आन्तरिक विमानभित्र बम भएको धम्की झुटो साबित भएको अधिकारीले बताएका छन्।

अधिकारीका अनुसार दिल्लीबाट वनारसतर्फ उडान भरिरहेको निजी एयरलाइन्स इन्डिगोको विमानभित्र बम भएको धम्कीबारे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी गराएपछि विमानलाई तुरुन्तै आइसोलेशनमा लगिएको थियो। एक सय ७७ यात्रु बोकेको उक्त विमान विमानस्थलबाट सबै यात्रु र चालक दललाई आपतकालीन ढोकाबाट उतारेपछि विमानको राम्ररी चेकजाँच गरिएको हो। तर विमानभित्र कुनै संदिग्ध वस्तु फेला नपरेपछि सबै सुरक्षा जाँच पूरा गरेर विमानलाई टर्मिनल क्षेत्रमा फिर्ता लगिने एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

 


Thali Mobile Pvt.Ltd.