भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

विमानभित्र बम भएको झुटो सूचना आएपछि

विमानभित्र बम भएको झुटो सूचना आएपछि

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित एयरपोर्टमा विमानभित्र बम भएको सूचना आएपछि विमानलाई तत्काल आइसोलेशनमा लगिएको छ । आन्तरिक विमानभित्र बम भएको धम्की झुटो साबित भएको अधिकारीले बताएका छन्।

अधिकारीका अनुसार दिल्लीबाट वनारसतर्फ उडान भरिरहेको निजी एयरलाइन्स इन्डिगोको विमानभित्र बम भएको धम्कीबारे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी गराएपछि विमानलाई तुरुन्तै आइसोलेशनमा लगिएको थियो। एक सय ७७ यात्रु बोकेको उक्त विमान विमानस्थलबाट सबै यात्रु र चालक दललाई आपतकालीन ढोकाबाट उतारेपछि विमानको राम्ररी चेकजाँच गरिएको हो। तर विमानभित्र कुनै संदिग्ध वस्तु फेला नपरेपछि सबै सुरक्षा जाँच पूरा गरेर विमानलाई टर्मिनल क्षेत्रमा फिर्ता लगिने एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

 


Thali Mobile Pvt.Ltd.