भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

इजरायली आक्रमणमा गाजाको सुरक्षित क्षेत्रमा ठूलो क्षति, कम्तीमा ३६ जनाको ज्यान

इजरायली आक्रमणमा गाजाको सुरक्षित क्षेत्रमा ठूलो क्षति, कम्तीमा ३६ जनाको ज्यान

काठमाडौं, ४ जेठ । गाजाको ‘सुरक्षित क्षेत्र’ मानिएको अल–मावासी क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ। इजरायली सेनाले गाजामा बमबारी जारी राख्दै गर्दा यो आक्रमण भएको हो।

पछिल्लो समय इजरायलले स्थल आक्रमणको तयारी तीव्र बनाउँदै गाजाका विभिन्न भागमा सशस्त्र गतिविधि विस्तार गरिरहेको छ। इजरायलको यो आक्रमण कतारमा हमाससँग युद्धविराम वार्ता चलिरहेका बेला भएको हो। एकातिर कूटनीतिक पहल जारी रहेका बेला अर्कोतर्फ सैन्य आक्रमण बढाइँदा युद्ध अन्त्यको प्रयासप्रति प्रश्न उठेको छ।

यसैबीच, इराकको राजधानी बग्दादमा भेला भएका अरब देशका नेताहरूले गाजामा युद्ध तत्काल अन्त्य गर्न माग गरेका छन्। उनीहरूले मानवीय सहायता अवरुद्ध नहुने व्यवस्था मिलाउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन्।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ५३ हजार २७२ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने १ लाख २० हजार ६७३ जना घाइते भएका छन्। सरकारी सञ्चार कार्यालयले भने मृत्यु सङ्ख्या ६१ हजार ७०० भन्दा बढी पुगेको दाबी गर्दै अझै हजारौं मानिस भग्नावशेषमा बेपत्ता रहेको जानकारी दिएको छ।

इजरायली पक्षको भनाइ अनुसार, सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १ हजार १३९ जना इजरायलीको मृत्यु भएको थियो भने २०० भन्दा बढी व्यक्तिहरू अपहरणमा परेका थिए। दुवै पक्षको आक्रोश, मानवीय संकट र राजनीतिक दबाबबीच गाजा युद्ध अझै अनिश्चित दिशातर्फ उन्मुख देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.