काठमाडौँ, १४ वैशाख । हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यो दिन सन्तानहरूले आफ्नी आमालाई सम्मान गर्दै मीठा खानेकुरा खान दिई, राम्रा लुगा लगाइदिएर आशीर्वाद लिने परम्परा छ।
शास्त्रमा आमालाई उपाध्याय, आचार्य र पिताभन्दा पनि उच्च स्थान दिइएको छ। यो पर्व आमाप्रति श्रद्धा, सम्मान र प्रेम व्यक्त गर्ने विशेष दिन हो। बिहानै नुहाएर सन्तानहरूले आमालाई तागतिला र मीठा खानेकुरा खान दिई, राम्रा वस्त्र पहिर्याएर आशीर्वाद लिने चलन छ। आमाको देहावसान भइसकेकाहरूले भने तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरी आमाको सम्झना गर्छन्।
वैदिक सनातन धर्ममा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारा र महान् छन् भनिएको छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, नौ महिना गर्भमा राखेर सन्तानलाई जन्म दिने आमाको महत्व बाबुभन्दा हजार गुणा बढी छ। त्यसैले जीवित आमालाई सम्मान र खुसी प्रदान गरिन्छ भने दिवङ्गत आमाको नाममा तर्पण र पिण्डदान गरिन्छ।
वैशाख कृष्ण औँसीमा दिवङ्गत आमाले सन्तानबाट श्राद्ध र तर्पणको अपेक्षा गर्ने शास्त्रीय विश्वास छ। यस्तो कार्यले आमा प्रसन्न भई आशीर्वाद दिने मान्यता छ। यस अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा ठूलो मेला लाग्छ। नगरप्रमुख घनश्याम गिरीले मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । नेपाली लोकसङ्गीतको आँगनमा एक पटक फेरि मिठास भरिएको छ। चर्चित गीतकार तथा सर्जक भीम कुमार ओझाको प्रस्तुतिमा तयार भएको ‘दुई दिने जिन्दगी’ बोलको नयाँ लोकगीत सार्वजनिक भएको...
काठमाडौं । नेपाली लोकसंगीतको फाँटमा फेरि एकपटक गहिरो भाव र सन्देश बोकेको गीत सार्वजनिक भएको छ। गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीको युट्युब च्यानलमार्फत “जानै लाग्यो बैश रिमै” बोलको...
झापा,चैत २६ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सरोकारवालाका सुझाव संकलन गरेको छ ।जिल्ला प्रशासन...
डुम्रे (तनहुँ), चैत २६ गते । चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते धान रोपाइँ जारी...