भर्खरै : Sorry, your browser does not support inline SVG.
कांग्रेसको नयाँ कार्यसमितिमा १४ सांसद निर्वाचित, १० जना पराजित | एनपीएलको भव्य तयारी, कीर्तिपुर मैदानमा थपियो नयाँ सुविधा | असोजमा झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि बिक्री सुरु | सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित |

ट्रंक तथा डेडिकेटेड लाइन बक्यौताको धरौटी घटाउने प्राधिकरणको निर्णय

ट्रंक तथा डेडिकेटेड लाइन बक्यौताको धरौटी घटाउने प्राधिकरणको निर्णय

नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठकले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौताको धरौटी रकम घटाउने निर्णय गरेको छ।हाल उद्योगीहरूले बक्यौताको २५ प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था रहेकोमा घटाएर ५ प्रतिशत धरौटी राखे पुग्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ।

त्यस्तै प्राधिकरणले २०८१ सालमा देशभर सबैभन्दा बढी विद्युत खपत गर्ने १० ग्राहकलाई सर्वाधिक महत्त्वपूर्ण ग्राहकु, प्रदेशस्तरमा बढी खपत गर्ने १० लाई अत्यन्त महत्त्वपूर्ण ग्राहक तथा वितरण केन्द्र अनुसार बढी खपत गर्ने १० ग्राहकलाई महत्त्वपूर्ण ग्राहकको सूचीमा राखेर विशेष प्राथमिकता दिने उल्लेख गरेको छ।

यद्यपि यस्तो सूचीमा पर्न भने दुई महिनाभन्दा बढी बक्यौता नहुने शर्त तोकिएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.