भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

ट्रंक तथा डेडिकेटेड लाइन बक्यौताको धरौटी घटाउने प्राधिकरणको निर्णय

ट्रंक तथा डेडिकेटेड लाइन बक्यौताको धरौटी घटाउने प्राधिकरणको निर्णय

नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठकले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौताको धरौटी रकम घटाउने निर्णय गरेको छ।हाल उद्योगीहरूले बक्यौताको २५ प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था रहेकोमा घटाएर ५ प्रतिशत धरौटी राखे पुग्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ।

त्यस्तै प्राधिकरणले २०८१ सालमा देशभर सबैभन्दा बढी विद्युत खपत गर्ने १० ग्राहकलाई सर्वाधिक महत्त्वपूर्ण ग्राहकु, प्रदेशस्तरमा बढी खपत गर्ने १० लाई अत्यन्त महत्त्वपूर्ण ग्राहक तथा वितरण केन्द्र अनुसार बढी खपत गर्ने १० ग्राहकलाई महत्त्वपूर्ण ग्राहकको सूचीमा राखेर विशेष प्राथमिकता दिने उल्लेख गरेको छ।

यद्यपि यस्तो सूचीमा पर्न भने दुई महिनाभन्दा बढी बक्यौता नहुने शर्त तोकिएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.