भर्खरै : Sorry, your browser does not support inline SVG.
अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा | “बोल्यो कि पोल्यो?” : नेताहरूको अभिव्यक्तिले भू–राजनीति बदल्ने उदाहरणसँग बालेन शाहको भनाइ जोडेर कूटनीतिक बहस | महोत्तरीमा बालक अपहरण प्रयास : फरार अभियुक्त रौतहटबाट पक्राउ | तातो हावा लहर (हिट वेभ) को जोखिम बढ्दै : पूर्वतयारी र समन्वयमा जोड | ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोट : नासाको चन्द्र अभियान समय तालिकामा असर पर्ने चिन्ता | दैलेखमा पारिवारिक विवादले उग्र रूप लियो : बुबाको कुटपिटबाट छोराको मृत्यु | रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता, नेपाल–भारत सम्बन्धबारे छलफल | महोत्तरीमा लुटेराको गोली लागेर श्रीमान्-श्रीमती घाइते, उपचारका लागि जनकपुर पठाइयो |

हिमाल चढ्ने सपना छ? नेपाल सरकारले खुलायो ४७६ हिमाल चुचुरा, यस्तो छ खर्च र तयारी

हिमाल चढ्ने सपना छ? नेपाल सरकारले खुलायो ४७६ हिमाल चुचुरा, यस्तो छ खर्च र तयारी

काठमाडौँ,  २७ चैत । ‘स्काइ डाइभिङ’, ‘बञ्जी जम्प’, ‘जेटस्की’ वा ‘क्यानोइङ’ जीवनको सबैभन्दा ठूलो रोमाञ्चक साहसिक यात्रा के होला? पक्कै पनि हिमाल चढ्नु नै हो, हैन र ?  यदि तपाईंको मनमा हिमाल चढ्ने रहर छ भने यो सपना पूरा गर्न कस्तो तयारी चाहिन्छ त ?

नेपाल सरकारले हुम्लाको असाज्य टुप्पादेखि ताप्लेजुङको पाथीभरा उत्तर–पूर्व हिमाल चुचुरोसम्म ४७६ हिमाल आरोहणका लागि खुला गरेको छ। ताप्लेजुङको फुङ्लिङबाट पूर्वतिर हेर्दा कञ्चनजङ्घा हिमालको मनमोहक दृश्यले जोकोहीलाई लोभ्याउँछ। अलि पश्चिम फर्कँदा कुम्भकर्ण (फक्ताङलुङ) हिमाल ठाडै उभिएको देखिन्छ। यी हिमशृङ्खलाहरू वरपर सयौँ साना–ठूला हिमाल छन्, जसको सौन्दर्यले सबैको मन जित्छ।

उपल्लो मुस्ताङका १५ हिमालसहित पूर्वको ताप्लेजुङदेखि पश्चिमको डोल्पा र हुम्लासम्मका विभिन्न चुचुराहरू आरोहणका लागि खुला गरिएको छ। पछिल्लो समय हिमाल चढ्ने उत्साह युवा र अभियानकर्मीहरूमा निकै बढेको छ। स्वदेशी र विदेशी पर्वतारोहीलाई प्रोत्साहन गर्न, हिमालको प्रचार गर्न र पदमार्ग सहज बनाउन स्थानीय सरकारहरू पनि सक्रिय छन्।

कति लाग्छ खर्च?
हिमाल चढ्ने साहस जोसुकैले गर्न सक्छ, तर यसका लागि पैसा र तालिम दुवै चाहिन्छ। यो यात्रा रोमाञ्चक मात्र होइन, चुनौतीपूर्ण पनि छ। जलवायु परिवर्तनको असर, सुरक्षाको जोखिम र खर्च व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ । पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अध्यक्ष सन्दीप गुरुङ भन्छन्, “ताप्लेजुङलगायत ६ हजार मिटर उचाइका हिमाल चढ्न ५–६ जनाको समूहका लागि १५ लाख रुपैयाँ खर्च हुन्छ।” उनले थपे, “पाँच जनाको टिममा दुई जना पथप्रदर्शक चाहिन्छ। पथप्रदर्शकको दैनिक पारिश्रमिक ४ हजारदेखि ६ हजारसम्म पर्छ।” व्यक्तिगत सामग्रीमा कम्तीमा ६० हजार रुपैयाँ लाग्छ। साथै, हिमाल चढ्नुअघि तालिम अनिवार्य छ।

पदप्रदर्शक नादा शेर्पाका अनुसार ताप्लेजुङका ५ हजारदेखि ७ हजार मिटर उचाइका हिमाल चढ्न नेपालीका लागि प्रतिव्यक्ति ५ लाखभन्दा माथि खर्च लाग्छ। पर्वतीय पथप्रदर्शक सङ्घ नेपालका अनुसार यो साहसिक यात्रा विश्वभरका पर्वतारोहीका लागि अनुपम अनुभव हो, तर यसमा राम्रो तयारी, योजना र आर्थिक स्रोत जरुरी छ।

खर्च हिमालको उचाइ, मौसम, गाइड र शेर्पाको सङ्ख्यामा भर पर्छ। उचाइ जति बढ्छ, खर्च पनि त्यति नै थपिन्छ। पथप्रदर्शक र शेर्पाको शुल्क, आधार शिविर व्यवस्थापन, सरकारले तोकेको अनुमति शुल्क (जो हिमालको उचाइअनुसार फरक हुन्छ), बीमा, काठमाडौँदेखि ताप्लेजुङसम्मको यात्रा (पदयात्रा वा हेलिकप्टर), गियर खरिद वा भाडा, खाना र बासको व्यवस्था सबैमा खर्च हुन्छ।

पथप्रदर्शकहरू भन्छन्, “आवश्यक सामग्री, उचित तालिम र अनुभवी गाइड लिएर गए हिमाल चढाइ सुरक्षित र सफल हुन्छ।” तपाईंको हिमाल चढ्ने रहर छ भने तयारी थाल्न ढिला नगर्नुस्!

 

 


Thali Mobile Pvt.Ltd.