भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सबै सरकारी र सार्वजनिक कार्यालय पनि बन्द गर्ने तयारी

सबै सरकारी र सार्वजनिक कार्यालय पनि बन्द गर्ने तयारी

काठमाडौं । सरकारले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु बन्द गर्ने भएको छ ।

कार्यालयबाट सेवा प्रवाह बन्द गर्ने र कर्मचारीलाई नै विदा दिन लागिएको हो । रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले कर्मचारीलाई घर घरमै तयारी अवस्थामा बस्ने निर्देशन दिने तयारी थालेको छ ।

कार्यालय प्रमुख र उच्च पदस्थ कर्मचारीको हकमा भने विदा नहुने बताएको छ । कार्यालय बन्द ननुदा सडकमा र सार्वजनिकस्थलमा सर्वसाधारणको आवागमन बढेकोले कर्मचारीलाई विदा दिन लागिएको हो ।

मंगलबारदेखि सर्वसाधारणलाई घरभित्रै रहनु पर्ने गरी विशेष निर्णय गर्ने जनाईएको छ । प्रहरीले घर बाहिर ननिस्कन र अत्यावश्यक कामबाहेक घरमै बस्न टोलटोलमा माइकिङ समेत गर्ने जनाईएको छ ।

 


Thali Mobile Pvt.Ltd.