भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सभामुखलाई रविको आग्रह : मेरो सांसद पद निलम्बन फुकुवा होस्

सभामुखलाई रविको आग्रह : मेरो सांसद पद निलम्बन फुकुवा होस्

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गरी आफ्नो सांसद पद निलम्बन फुकुवाको माग गरेका छन्। मंगलबार बिहान भएको भेटमा उनले यो अनुरोध गरेका हुन्।

यसअघि माघ १८ गते पनि लामिछानेले सभामुखसँग भेटेर सांसद पद निलम्बन हटाउन आग्रह गरेका थिए। मंगलबार फेरि सभामुखसँगको भेटमा उनले सोही माग दोहोर्‍याएका छन्।

लामिछाने गत पुस ८ गते सांसद पदबाट निलम्बनमा परेका थिए। गत कात्तिक २ गते उनी पक्राउ परेका थिए भने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दर्ता भएपछि उनको सांसद पद निलम्बन भएको थियो।

रास्वपाले सभामुखले लामिछानेको निलम्बनमा विवेकपूर्ण निर्णय नगरेको भन्दै आलोचना गर्दै आएको छ। तर, संसद् सचिवालयले कास्की जिल्ला प्रहरी कार्यालयको पत्रलाई आधार मानेर निलम्बन गरिएको जनाउँदै आएको छ।

कास्की जिल्ला प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको जानकारी संसद् सचिवालयलाई पठाएको थियो। सोही पत्रका आधारमा सचिवालयले उनको सांसद पद निलम्बनमा राखेको हो।

रास्वपाका नेताहरूले भने कास्की प्रहरीको पत्रलाई मात्र आधार बनाएर लामिछानेको सांसद पद निलम्बन गर्न नहुने दाबी गर्दै आएका छन्।

 


Thali Mobile Pvt.Ltd.